देवघाटमा जिप दुर्घटना हुँदा दुई जना घाईते, एकको अवस्था गम्भिर

Devghat Online

शेयर गरौ

२४ भदौ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर २ को नरम गाउँमा बुधबार दिउँसो ना ५ च १४९ नम्बरको जिप दुर्घटना दुई जना घाईते भएका छन् । दमौलीबाट भिमाद हुँदै नरम गाउँमा कुखुरा बेच्न गएको जिप बुधबार दिउँसो २ बजे सडकबाट पल्टिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा जिप चालक चितवन जिल्ला भरतपुर महानगर पालिका वडा नम्बर २८ का २२ वर्र्षीय राजु कुमाल र सह चालक सोही ठाउँका ३२ वर्र्षीय अमित कुमाल रहेका छन् । घाईते मध्ये चालकको अवस्था गम्भिर छ । उनलाई छिपछिपे स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारकोलागि दमौली पठाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलुवालले बताए । सह चालक भने सामान्य उपचार पश्चात डिस्चार्ज भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा