भानुमा निषेधाज्ञा लम्बीयो

Devghat Online

शेयर गरौ

२४ भदौ, दमौली
तनहूँको भानु नगरपालिकामा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञा भदौ २४ गते राति १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालय तनहूँले पुनः निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञालाई भदौ ३१ गते मसान्तसम्म लम्ब्याइएको जानकारी दिए । नगरपालिकाबाट निषेधाज्ञा थप्न सिफारिस भइआएकाले एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको आचार्यले जानकारी दिए ।

भानु नगरपालिकाले सङ्क्रमण देखिएका क्षेत्रहरुमा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका र शङ्का लागेका सम्पूर्ण नागरिकहरुले पिसीआर परीक्षण गर्नका लागि नगरपालिकामा समन्वय गर्न आग्रह गरेको छ । नगरप्रमुख उदयराज गौलीले निषेधाज्ञाका कारणले जनमानसमा परेको असुविधाप्रति नगरपालिका संवेदनीशल रहेको बताए ।

समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि भानु नगरपालिकामा पहिलो पटक भदौ १ गतेदेखि १४ गतेसम्म र दोस्रो पटक भदौ १५ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी