९ असोज, दमौली
शुक्लागण्डकी नपा–७ कुम्लेखोलाकी ६० वर्षिया तेजकुमारी ढकालको हत्या गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका–१ का ४६ बर्षिय शिव गौतमलाई ०७७ असोज ९ गते व्यास नपा–२ दमौली बजारबाट पक्राउ गरेको छ ।
आरोपी गौतम आफ्नो हुलिया बदलेर सडकमा हिडिरहेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका एसपी अरुण पौडेलले बताए । प्रहरीले हत्यामा संलग्नको खोजीकोलागि पृथ्वीराजमार्ग भएर गुडेका सबै सवारी साधनाम चेकजाँच कडा पारेको थियो ।



बृद्धा ढकाल असोज ९ गते बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिईन् । उनी घरमा एक्लै बस्दै आएकी थिईन् । परिवारका अन्य सदस्यहरु केही पर छुट्टै घर बनाएर बसेका थिए । बिहान अबेरसम्म नउठेपछि छिमेकीले घरको ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको एसपी पौडेलले बताए ।
उनको घाँटीमा सल बाँधेको र हात र खुट्टा पनि डोरीले बाँधिएको एसपी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकोले हत्या भएको हुनसक्ने ठानी अनुसन्धान सुरु गरिएको थियोे ।
शवको दमौली अस्पतालमा पोष्टमार्टमको लागि पठाईएको छ ।












