गलेश्वर आश्रमको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

२० असोज, देवघाट
देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको २३ औं वार्षिक साधारणसभा मंगलबार आश्रम परिसरमा सम्पन्न भयो । आश्रमका अध्यक्ष एवं अनन्तश्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे लगायतले आश्रमले गरेको योगदान र आश्रमको महत्वको बारेमा मन्तव्य राखेका थिए ।
साधारणसभामा राजनीतिक दलका प्रतिनिधिहरु, आश्रमका सन्चालक तथा साधारण सदस्यहरु, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

साधारणसभाको अवसरमा आश्रमका विभिन्न कार्यक्रमहरुलाई दिगो विकास र व्यवस्थापनमा सहयोगको. अपेक्षा र आश्रमलाई प्रतक्ष्य वा अप्रतक्ष्य सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा