१९ असोज, दमौली
कार्यालय प्रमुखलाई कोरोना पोजेटिभ देखिए पछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहूँको सेवा बन्द गरिएको छ । केही दिनयता ज्वरोको बिरामी देखिएका कार्यालय प्रमुखमा आईतबार कोरोना पुष्टि भएको थियो ।
हाल होम आईसोलेसनमा रहेका अस्पतालका प्रमुखको सम्पर्कमा आएका कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको नतिजा नआउँदासम्मका लागि कार्यालय बन्द गर्न प्रशासनले निर्देशन दिए पछि बन्द गरिएको अस्पतालका अधिकारी रुद्रसिंह ठकुरीले बताए ।



कार्यालयकी निमित्त प्रमुख शर्मिला कुमालले अर्को सूचना नआउँदासम्मका लागि अस्पताल बन्द गरिने बताईन्












