मानव अधिकार तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

कार्तीक २०, पोखरा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गण्डकी प्रदेशका जिल्ला प्रतिनिधिहरूका लागि मानव अधिकार तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गरिएको छ । इन्सेकले अभिलेख गरिराखेको मानवअधिकार प्रलेखिकरण डिजिटल प्रविधिमा अभिलेखन गर्ने उद्धेश्यले जिल्ला प्रतिनिधिहरूलाई अभिमुखीकरणका लागि तालिम आयोजना गरिएको हो ।

तलिमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक जिकास मन्त्री माननीय नरदेवी पुन मगरले इन्सेकले गरेको मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाको अनुगमन र अभिलेखिकरणले मुलुकको मानव अधिकार अवस्थालाई उजागर गर्न र राज्यलाई मानव अधिकार प्रति जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुगेको छ भन्दै नयाँ प्रविधिको प्रयोगले अभिलेखिकरणलाई विश्वसनिय, तथ्यपरत र चुस्तदुरूस्त बनाउन सहयोग पुग्न विश्वास व्यक्त गरिन् ।


गैसस महासङ्घ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवालले इन्सेकले लामो समय देखि नेपालको मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् । तालिममा बोल्दै इन्सेकका मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले धेरै भन्दा धेरै पीडित र पीडितका परिवारसँग नजिक रहेर मानव अधिकारको अभियानलाई अगाडि बढाउनुपर्ने बताए । अभिलेखिकरणको काम चुनौतीपूर्ण रहको बताउदै इन्सेकको अभिलेखलाई गुणस्तरीय बनाउनका लागि सफ्टवेयर तयार गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक सरिता पुरीले घटना स्थलमा पुगेर अभिलेख गर्नका लागि एपलिकेसनले सहज बनाउने बताईन् । उनले घटनाहरू डिजिटलाईज रूपमा अभिलेखिकरण गर्नका लागि तालिम फलदायी बन्ने विश्वास व्यक्त गरिन् ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकार मूल्य र मान्यताका आधारमा काम गर्दै आएको बताउँदै नागरिकको मानव अधिकारको संरक्षणमा प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे । उनले प्रलेखीकरण गर्ने मात्रै नभइ पीडित र पीडकहरूसँगको प्रत्यक्ष रूपमा भेट गरी घटनाको न्याय निरूपणको अवस्थासम्म अभिलेखिकरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी