कार्तिक २६, देवघाट
देवघाट गाउँपालिका अन्तर्गतका सामुदायीक वनहरुसँगको अन्तरक्रिया कार्यक्रम मंगलबार देवघाट ५ मा रहेको चक्रवती सामुदायिक वन समुहको भवनमा सम्पन्न भएको छ। देवघाट सव डिभिजन वन कार्यालयको आयोजनामा भएको सो कार्यक्रममा सामुदायीक वनको गतिविधि र समस्याहरुको बारेमा अन्तरिक्रया गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका भित्रका सम्पुर्ण सामुदायिक वनहरुले वन जङ्गल भित्र रहेको बोटबिरुवा, बन्यजन्तु, चराचुरुङ्गी,जडिबुटी र खोलानालाहरुको संरक्षण गरि खाली ठाउँहरुमा वृक्षरोपण गरि सामुदायिक वनहरुलाई हरियाली बनाउन सकिने बताए । उनले सामुदायिक वनहरुमा हुने वार्षिक आम्दानी समुदायको बिकासको लागि देवघाट गाउँपालिका सँग समन्वय गरि अगाडी बढ्न अनुरोध समेत गरे ।




सो कार्यक्रम देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्ती, गण्डकी प्रदेश वन महासंघका सचीवलय सदस्य केशवचन्द्र न्यौपाने र चक्रवती सामुदायिक वनका अध्यक्ष तोयानारायण खरेल लगाएको उपस्थिति रहेको थियो । सो कार्यक्रम सव डिभिजन वन कार्यालय देवघाटका इन्चार्ज नवराज घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।













