२६ कार्तिक, देवघाट
देवघाट गाउँपालिका वडा नम्बरमा ५ मा रहेको चक्रवती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को ९ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन देवघाट गाउँपालिकाको कृषि हात बजार मा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यालबहादुर गुरुङले कार्यक्रममा बोल्दै सहकारी संस्थाले समुदायलाई आर्थिक उन्नति, समाज बिकास र परिवर्तनको लागी ठुलो भुमिका रहने हुँदा जनसमुदायको अझै मन जित्दै देवघाट गाउँपालिकाको ५ वटा वडामा साखा बिस्तार गरि अगाडी बढ्न अनुरोध गरे ।




उनले वडा नम्बर ५को तर्फबाट सक्दो सहयोग गर्ने बताउदै आगामी दिनहरुमा देवघाट ५ नम्बर वडा मात्र नभई सिङ्गो गाउँपालिकाको बिकासको निम्ति सहकार्य गरि अगाडी बढ्ने बताए ।
कार्यक्रमका विशेष अतिथि देवघाट गाउँपालिकाका सहकारी साखा प्रमुख कृष्णराज पन्तले कार्यक्रममा बोल्दै चक्रवती सामाजिक उद्यमी महिला सहकारी संस्थाले निरन्तर समुदाय बिकासको लागी विभिन्न क्षेत्रमा लगानी गर्दै अगाडी बढेकोमा खुशी व्यक्त गरे ।

सो कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा सदस्य ठाकुरकुमारी काफ्ले, हेफर इन्टरनेसनल नेपालका रुपेश काफ्ले र हेफर इन्टरनेसनल नेपालका सुमिन भण्डारी लगाएको उपस्थिति रहेकोे थियो भने चक्रवती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष संगिता ओझाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।












