तनहुँका एक सहित पोखरामा एकै दिन सात जनाको कोरोनाबाट मृत्यु

Devghat Online

शेयर गरौ

मंसिर ५, पोखरा
पोखरामा तनहुँका एकसहित थप सात जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको हो । पोखारा २७ का ७१ वर्षीय संक्रमितको बिहीवार राति १ बजेर ४० मिनेट जाँदा पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा ८ का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेर ५० मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पोखरा ९ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजे पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

उनलाई बिहीबार मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पोखरा २१ का ७५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई पनि बिहीवार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरामा २९ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । पोखरा १७ का उनको शुक्रबार दिउँसो साढे १२ बजे उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पनि बिहीबार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको शुक्रबार बिहान ४ बजेर १५ मिनेट जाँदा पोखरा स्वास्थ् विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

तनहुँका १ जनाको समेत पोखरामा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो । उनलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक