देवघाटमा बंगुर पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

७ मंसिर, देवघाट
देवघाट गाउँपालिका–२ खाल्टेमा बंगुर पालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । ‘हामी किसानले नगरे कसले गर्ने आज नगरे कहिले गर्ने’ भन्ने मूलनारा सहित कृषि तथा बंगुर पालन व्यवसायमा सबै किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

देवघाट गाउपलिकाका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षता एव पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्रका भरततपुर–६ चितवन का सन्चालक नरेन्द्र कन्दङ्वा (लिम्बु) को प्रमुख अतिथितामा भएको सो कार्यक्रममा बंगुर पाल्न चहाने कृषकहरुलाई सो व्यवसायको सम्बन्धमा विस्तृतमा जानकारी गराईएको थियो ।

कार्यक्रममा पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्रका सन्चालक नरेन्द्र कन्दङ्वाले गाउँघरमा न्युन आय भएका सर्वसाधरणलाई आय आर्जन बढाउन बंगुर पालन सम्बन्धी आधारभुत जानकारी दिएका थिए । उनले तालिम पश्चात बंगुर पाल्न चहाने कृषकलाई पहिलो पटक बुगुरका बच्चाहरु अनुदानको रुपमा उपलब्ध गराउने घोषणा समेत गरेका थिए । साथै बंगुर फारम स्थापना गर्न सहयोग गर्ने तथा उत्पादित बंगुरको मासु बजार व्यवस्थापन गर्न पनि सहयोग गर्ने बताए ।

सो कार्यक्रममा आदर्श टोल बिकास संस्थाका खाल्टेका अध्यक्ष सुकबहादुर रानाभाट, जलदेवी टोल बिकास संस्थाका अध्यक्ष थाम मल्ल, पुर्ब वडा अध्यक्ष नरबहादुर सिहं, आपटार बंगुर पालन फर्म देवघाट १ का संचालिका कबिता आले मगर बुलिङ्गटार गाउँपालिका ३ ढाडबेसी नवलपरासी बंगुर पालक कृषक बिनोद खण्डलुक, कुलेटार बंगुर फर्मका संचालक सारु माइला लगायतले मन्तव्य तथा बंगुर पालन सम्बन्धि अनुभव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी