पर्यटन पैदल मार्ग शिलान्यास

Devghat Online

शेयर गरौ

७ मंसिर, भानु
भानु नपा–११ स्थित बाँसखर्क, काफलस्वाँरा, मिर्लुङ्गकोट पर्यटन पैदल मार्गको आईतबार गण्डकी प्रदेशका सांसद् । रामबहादुर गुरुङले शिलान्यास गरेका छन । मिर्लुङकोट घुम्न आउने पर्यटकको सहजताकोलागि गन्डकी प्रदेश सरकारको सहयोगमा उक्त पदमार्ग निर्माण गरिन लागिएको हो ।

पदमार्गको निर्माण पश्चात अव मिर्लुङकोट आउने पर्यटकलाई पैदल हिड्न सहज हुने भन्दै सांसद गुरुङले अव पर्यटकले मिर्लुङकोटबाट देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, कास्की, चितवन, गोरखा, लम्जुङका रमणीय स्थानहरुको अवलोकन गर्न पाउने बताए । पर्यटकको आगमन पश्चात यस क्षेत्रको आर्थिक कारोबारमा पनि वृद्धि हुनेछ यसबाट स्थानीयबासीले स्थानीयस्तरमै रोजगारी पनि पाउने सांसद गुरुङले बताए ।

पदमार्ग ४ किलोमिटर लम्बाइ र २ मिटर चौडाइको बन्नेछ । उक्त पदमार्ग निर्माणकोलागि गन्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको छ । समुद्र सतहदेखि १६ सय ४५ मिटर उचाइमा रहेको मिर्लुङ्गकोटबाट सुन्दर हिमालका दृश्यहरु देख्न सकिन्छ । होमबहादुर गुरुङको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा वडा सदस्य डम्बर बहादुर गुरुङ, मिर्लुङ्गकोट पर्यटन सूचना केन्द्र अध्यक्ष शम्सेर लम्साल लगायतले मन्तव्य राखेका िथए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक