सासंद सिग्देलद्वारा स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रमको वजेट विनियोजन

Devghat Online

शेयर गरौ

१२ मंसिर, दमौली
प्रतिनिधीसभा तनहूँ क्षेत्र नम्बर २ का सासंद केदार सिग्देलले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम सम्वन्धी योजनाहरु विभिन्न क्षेत्रमा वजेट विनियोजन गरेका छन् । सांसद सिग्देलले आर्थिक वर्ष ०७७÷०७८ को स्थानिय पूर्वाधार विकास साझेदारी अन्र्तगतको चार करोड रुपैयाको कार्यक्रम विनियोजन गरेका हुन् । आयोजना व्यवस्थापन खर्च ३ लाख साठी हजार र ६ वटा पालिका योजना कार्यक्रम अन्र्तगत ३ करोड ९६ लाख ४० हजार रुपैया यसै आर्थिक वर्षमा खर्च हुने सासंद सिग्देलले वताए ।

जसअनुसार व्यास नगरपािलकाको वडा नम्बर ५ मा राष्ट्रिय परोपकार महासंघ नेपाल तनहूँको जेष्ठ नागरिक चौतारी भवनको ट्रस हल निर्माणका लागी १० लाख, दभुङ्ग चण्डीदेवी गुठी सामुदायिक भवनको ट्रस र शौचालय निर्माणका लागी १० लाख, व्यास ६ को शिसाघाट वजारको सिम्लेदेखि मादी नदिको पूल सम्म सडक कालोपत्रे गर्नका लागी ३० लाख गरि व्यासको ५ र ६ नं वडामा ५० लाख विनियोजन गरेका छन् । यसैगरि म्याग्दे गाँउपालिकामा वरचौर खानेपानी निर्माण सुधारका लागी १५ लाख, निर्मलवस्ती थानसिंह मोटरमार्ग कालोपत्रे गर्न १५ लाख, नागढुङ्गा खेलमैदान निर्माण छाङ्गदीटार का लागी १० लाख, जौखोला धैरेनी मोटर मार्गका छिर्दि दोभान कल्भर्ट निर्माण का लागी १० लाख, जनसहयोगी मोटर मार्ग स्तरोन्नती का लागी १५ लाख गरि कुल ६५ लाख विनियोजन गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका अन्र्तगत काप्रेक खेलमैदान, थप्रेक तथा मुशिलम सामुदायिक भवन निर्माण भ्याकुते सहित वडा नं १ मा १५ लाख, आर्दश टोल सामुदायिक भवनको कम्पाउण्ड वाल तथा पार्क निर्माण वडा नं ३ मा १० लाख, भृगु त्रिवेणीधाम शव दाह स्थल निर्माण सुधार का लागी १० लाख, दुलेगौडा नयाँपुल देखि लालिम जाने मोटरमार्ग कालोपत्रे वडा नं १० मा २० लाख, कुमाल सामुदायिक भवन निर्माण वडा नं ७ मा १० लाख, राईपुर कोटकालिका पुर्वाधार विकास कार्यक्रम का लागी १० लाख गरि ७५ लाख विनियोजन गरिएको छ ।

यसैगरि भिमाद नगरपालिकामा उत्तर दक्षिण मोटरमार्गको छब्दी वराही मन्दिर देखी सिगारभन्ज्याङ्ग खण्ड स्तरवृद्धि तथा फाँचेथर कोटथर पर्यटकीय पैदलमार्ग निर्माण समेत का लागी १५ लाख, लोकतान्त्रिक मार्ग स्त्तरोन्नती जलौदी देखि सुनाकोट सम्मका लागी १० लाख, खरखरे खानेपानी योजना सुविधा विस्तारका लागी १५ लाख, नेवा खल भवन निर्माण र जनज्योति माविको क्यान्टिन छानो समेतका लागी ११ लाख ४० हजार भिम देउराली मोटरमार्ग स्तरोन्नती वडा नं ७ मा १० लाख, वालज्योती आधारभुत विद्यालय तला थप गर्नका लागी १० लाख गरि कुल ७१ लाख ४० हजार विनियोजन गरेका छन् ।

घिरिङ्ग गाँउपालिकामा पुट्टार ढोपर खोल्सी खानेपानी योजनाका लागी १५ लाख, राधाकृष्ण मोटरमार्ग गोफा–देउराली–डुम्रेवेशी का लागी १५ लाख, अर्चलकोट–मानपुर–खिला खानेपानी सुविधा विस्तारका लागी १५ लाख, नयाँटार गावुडाडा मार्ग स्तरोन्नतीका लागी १० लाख, वनडाँडा खानेपानी योजना सुविधा विस्तारका लागी १० लाख गरि कुल ६५ लाख विनियोजन गरिएको छ ।

यसैगरि रिसिङ गाँउपालिकामा झापुटार–धवला–ग्वासलुङ धनवास मोटरमार्ग स्तरोन्नतीकालागी १५ लाख, गोठादी सामुदायिक भवन का लागी १० लाख, सिसेरा खोला खानेपानी योजना स्तरवृद्धिका लागी १० लाख, श्रृङ्ग मावी गोठादी तला थप गर्नका लागी १० लाख, शिव सरास्वती माविको प्राविधिक शिक्षा संचालनका लागी भौतिक विस्तारमा २५ लाख गरि कुल ७० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी