देवघाटमा १० शैयाको अस्पताल बन्ने, सांसद श्रेष्ठले गरे शिलान्यास

Devghat Online

शेयर गरौ

१५ मंसिर, देवघाट
तनहूँको देवघाटमा १० शैयाको अस्पताल बन्ने भएको छ । संघीय सरकारको लगानीमा देवघाटमा १० करोड ८५ लाखको लागतमा देवघाट वडा नम्बर ५ मा आधारभुत अस्पताल बनाउन लागिएको हो । सो अस्पतालको सोमबार प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरे ।

अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकारले स्वास्थ्यको क्षेत्रमा क्रान्ती नै गरेको बताए । एकैसाथ देशैभर अस्पतालको शिलान्यास हुनु निकै गौरबको विषय भएको सांसद श्रेष्ठको भनाई थियो । अस्पतालको निर्माणपछि अव देवघाटका जनता आधारभुत स्वास्थ्य सेवाकोलागि चितवनको भरतपुर जानुपर्ने बाध्यताको अन्त्य हुने सांसद श्रेष्ठको भनाई थियो । देवघाटमा पछिल्लो समय विकासका कामहरुले निकै फड्को मारेको भन्दै श्रेष्ठले देवघाटलाई साच्चिकै हेर्न र घुम्न लायक बनाईने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सबैको सहयोगमा देवघाटमा १० शैयाको आधारतभुत अस्पताल निर्माणकोलागि स्विकृत भएको जानकारी दिए । २ रोपनी अक्षेत्रफलमा बन्ने सो अस्पतालकोलागि संघीय सरकारबाट १० करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । अस्पतालको डिपिआर अन्तिम चरणमा भएको हुँदा अव चाँडै नै टेन्डर निकाली काम सुरु गर्ने गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले बताए ।

वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले देवघाटमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु गौरवको विषय भएको भन्दै यसकोलागि पहल गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

देवघाट सहित तनहँुका पाँच वटा स्थानीय तहमो अस्पताल निर्माण हुने भएको छ । सबै अस्पतालको सोमबार नै शिलान्यास गरिएको छ । संघीय सरकारले आफ्नै अस्पताल नभएका देशभरका तिन सय ९६ वटा स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण गर्ने घोषणा गर्दै सोमबार एकै पटक शिलान्यास गरिएको हो ।

देवघाट सहित भिमाद, शुक्लागन्डकी, म्याग्दे र ऋषिङ निर्माण गरिने आधारभुत अस्पतालको सोमबार एकै दिन शिललान्यास गरियो । भिमादमा प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देल, शुक्लागन्डकीमा प्रदेश सभा सांसद आशा कोईराला, म्याग्देमा गाउँपालिका अध्यक्ष माया राना र ऋषिङमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अस्पताल भवनको शिलान्यास गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अस्पताल नभएका देशभअरका तिन सय ९६ स्थानीय तहमा पहिलो चरणमा अस्पताल बनाउन लागेको हो । स्थानीय तहको माग र आवश्यकताको आधारमा सरकारले ५, १० र १५ शैयाको अस्पताल निर्माण गर्न लागेको हो । यसलाई नेपालमै उपचारात्मक सेवामा सबैभन्दा ठूलो लगानीको सुरुवात भएको मानिएको छ ।

देशभर अस्पतालको भवन निर्माणका लागि यो वर्ष मात्रै सरकारले ६ अर्ब १२ करोड २६ लाख बजेट बिनियोजन गरेको छ । अस्पतालमा आवश्यक रहेको भवन तथा उपकरण खरिद गर्नको लागि ५८ अर्ब खर्च हुने अनुमान गरिएको छ । कुन अस्पतालमा कसरी जनशक्ति परिचालन हुने भन्ने बारेमा यसअघि नै निर्णय भैसकेको छ । स्त्री रोग, बाल रोग तथा सामान्य शल्यक्रियाको सुविधा अस्पतालले दिनेछन् ।

पाँच शैयाको अस्पतालमा एकजना मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी, १० शैयामा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शैयाको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटाउने तयारी गरिएको छ । पाँच शैयाको अस्पतालको सात करोड ११ लाख ९८ हजार, १० शैयाको अस्पतालको १० करोड ८३ लाख ३६ हजार र १५ शैयाको अस्पतालको १८ करोड ६८ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि