देवघाटका पाँच योजनालाई ५५ लाख विनियोजन

Devghat Online

शेयर गरौ

१५ मंसिर, देवघाट
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले देवघाट गाउँपालिकाका पाँच वटा योजनालाई ५५ लाख रुपैयाँ विनियोजन गरेका छन् । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठले चालु आर्थिक वर्षको लागि उक्त रकम विनियोजन गरेका हुन् ।

सांसद श्रेष्ठले वडा नम्बर २ को कछाडक्षेत्र ग्रामिण मोटरमार्गको छिपछिपेदेखी जुमडाँडा सम्मको लागि १० लाख, वडा नम्बर २ को फिदिमस्वाँरा मा्ेटरमार्गकोलागि १० लाख, वडा नम्बर ४ को काफलस्वाँरा मोटरमार्गकोलागि लागि १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
वडा नम्बर ५ को गाईघाट देखी बगन्दी सम्म जाने मोटरमार्ग खन्न २० लाख र देउपुर टोल विकास संस्थाको सामुदायीक भवनको अधुरो कामकोलागि ५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

देवघाट गाउँपालिका तथा स्थानीय जनताको माग र आवश्यकताको आधारमा योजना छनौट गरि रकम विनियोजन गरिएको सांसद श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक