१३ पुस, देवघाट
देवघाट गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ को छिपछिपेमा दुई दिने कृषि आधारभुत पत्रकारिता तालिम आईतबार सम्पन्न भयो । कृषिको क्षेत्रमा समाचार संकलन र सम्र्पेषण गर्न सहयोग पु¥याउने उद्देश्यले सो तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकाले कृषिलाई समृद्धीको आधार मानेको हुँदा कृषिको व्यवसायीकरण र आधुननिकिरणमा तालिमले सहयोग पु¥याउने बताए । तालिमबाट ग्रामिण पत्रकार उत्पादन गर्ने र उनीहरु मार्फत गाउँका कृषि सम्बन्धि गतिविधि, कृषकका कुरा र गाउँपालिकाका गतिविधिहरुको बारेमा सन्चार माध्यम मार्फत जिल्लाबासीलाई जानकारी दिलाईने बताए । तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नु पर्नेमा अध्यक्ष थापाको जोड थियो ।

वडा नम्बर ३ की कार्यवहाक वडा अध्यक्ष यामकुमारी थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाली काँग्रेस देवघाट गाउँ कार्य समितिका सभापती प्रेमबहादुर गुरुङ, वडा नम्बर १ का अध्यक्ष भिम गुरुङ, वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




तालिममा आधारभुत पत्रकारिताको ज्ञान, समाचार लेखन, पत्रकार आचार संहिता, नेपालको संविधानका मौलिक हकहरु, कृषि क्षेत्रको समाचार संकलन, ग्रामिण पत्रकारिता लगायतको विषयमा नेपाल पत्रकार महासंघ तनहूँका निवर्तमान अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र पत्रकार महासंघ तनहूँका सदस्य पुर्ण विकेले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
दिगो र व्यवसायीक कृषिलाई देवघाटको समृद्धीको आधार मान्दै आएको देवघाट गाउँपालिकाले व्यवसायीक कृषि प्रबद्र्धनकोलागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र पत्रकारिता तालिमको माध्यमबाट ग्रामिण पत्रकार उत्पादन गरि गाउँका कृषि गतिविधिलाई जिल्लावासी समक्ष पु¥याउन तालिमको आयोजना गरिएको देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पुर्णचन्द्र अधिकारीले बताए । तालिममा २७ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।












