देवघाटमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो

Devghat Online

शेयर गरौ

समानतामा आधारित समाज निर्माण नभएसम्म संघर्ष जारीः सांसद न्यौपाने
२५ फागुन, देवघाट
१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार देवघाट गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाले प्रवचन, जोडी दौड प्रतियोगिता, स्वस्थ दाँत प्रतियोगिता, बालविकास केन्द्रका सहजकर्ताहरुको प्रतिभा प्रदर्शनी कार्यक्रम लगायतका विभिन्न कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।
सो कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेले समानतामा आधारित समाज निर्माण नभएसम्म महिलाहरुको संघर्षजारी नै रहने बताईन् । लामो संघर्ष र बलिदान पछि अहिलेको अधिकारहरु प्राप्त भएको भन्दै न्यौपानेले यी अधिकारहरु संरक्षण गर्दै अझ धेरै अधिकार प्राप्ती गर्नु पर्ने बताईन् । संविधानमा महिलालाई अंश र वंशको अधिकार प्राप्त भएपनि व्यवबहारिक रुपमा त्यो कार्यान्वयन हुन नसकेको न्यौपानेको भनाई छ । हिजोसम्म दोश्रो दर्जाको रुपमा हेरिने महिला आज राष्ट्रप्रमुख भएको भन्दै न्यौपानेले अव धेरै महिलाहरु त्यही बाटोमा हिड्नु पर्ने बताईन् ।
राजनीतिक आन्दोलनमा पुरुष सरह महिलाको योगदान रहेको तर पद लिने बेलामा सँधै पुरुषहरुले मात्रै लिने गरेको हुँदा अझै त्यस्तो पितृसत्तात्मक सोच र प्रबृत्तिको विरुद्ध संघर्ष गर्नुपर्ने सांद न्यौपानेको भनाई थियो । वालविकास केन्द्रका सहजकर्ताहरुको पारिश्रमिक अत्यन्त न्युन रहेको हुँदा उचित पारिश्रमिकको व्यवस्था गर्न संसदमा पटक पटक आवाज उठाएको र शिक्षामन्त्रीको ध्यानाकर्षण गराएको न्यौपानेले जानकारी दिईन् ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, उपाध्यक्ष विमला थापा, प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले