देवघाट प्रवेश गर्ने मुख्य नाकामा हेल्प डेक्स, गाउँपालिका अध्यक्ष थापाले गरे अनुगमन

Devghat Online

शेयर गरौ

२५ बैशाख, देवघाट
देवघाट गाउँपालिका प्रवेश गर्ने मुख्य नाकाहरुमा थप कडाइ गरिएको छ। बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) को संक्रमण देवघाटमा भित्रिन नदिन देवघाट प्रवेश गर्ने मुख्य नाकाहरुमा कडाई गरिएको हो ।

देवघाट प्रवेश नाकाहरुमा गत साता देखि नै हेल्प डेक्स राखिएको हो । हेल्प डेक्समा शनिबार गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अनुगमन गरेका छन् । हेल्प डेक्सको अनुगमन गर्दै अध्यक्ष थापाले अनावश्यक व्यक्तिहरुको आवातजावतलाई थप कडाई गर्नु पर्ने बताए । अध्यक्ष थापाले देवघाटका विभिन्न आश्रमहरुमा धेरै बृद्धबृद्धाहरु बस्ने गरेको हुँदा उनिहरुको सुरक्षाको लागि पनि नाकाहरुमा थप कडाइ गरिएको बताए ।

देवघाट प्रमुख धार्मिक स्थाल भएको कारण धार्मिक कार्यको लागी धेरै तिर्थालु भक्तजनहरु आउने हुँदा धार्मिक स्थालमा दैनिक नृत्य, पाठ, पुजा गर्ने तर नागरिकको भिडभाड हुने बिबाह, बर्तबन्ध, तालीम, गोष्ठी र मानिस जमघट हुने कुनै पनि कार्यक्रम तथा प्रबचनहरु सके सम्म बन्द गर्ने तर बन्द गर्न नसकिएमा सके सम्म थोरैको उपस्थितमा मात्र सामाजिक दुरि कायम गरि त्यस्ता कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने देवघाट क्षेत्र बिकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले बताए ।

देवघाट गाउँपालिकाले कोबिड रोकथामको लागी सचेतना मुलक माईकिङ्ग,प्रचार प्रसार गर्ने, बैक तथा वित्तीय संस्थामा सेवाग्राहीको भिड कम गर्ने,कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आईसोलेसनमा बस्ने तर स्वास्थ्य समस्या देखिएमा भरपुर,दमौली र पोखराको कोविड अस्पतालमा पायक पर्ने स्थानमा पठाउने वयवस्था मिलाएको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा बताए ।

देवघाट प्रवेश गर्ने मुख्य नाखाहरुमा आवातजावत गर्ने मानिसहरुको विवरण संकलन गरिएको छ। गत सात नै गाउँपालिकाले मुख्य नाकाहरुमा हेल्प डेक्स राखि अनावश्यक रुपमा आवातजावत गर्ने सर्वसाधारण थप कडाइ गर्ने निर्णय समेत गरिको छ। देवघाट प्रवेश नाकाहरु पुरानो झोलुङ्गे पुल,दासढुङ्ग पक्कि पुल र झोलुङ्गे जुगेडि पुलहरुमा नेपाल प्रहरी, देवघाट गाउँपालिका नगर प्रहरी,जनप्रतिनिधि र युवाहरु सहितको हेल्प डेक्स राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा