भानुले बनायो १५ बेडको कोभिड आईसोलेन

Devghat Online

शेयर गरौ

२ जेठ, भानु
भानु नगरपालिकाले वडा नम्बर ५ को पुरनडिही अस्पतालमा कोभिड आईसोलेसन बनाएको छ । नगरपालिकाले आईतबारबाट उक्त अस्पतालमा १५ शैयाको कोभिड आईसोलेसन बनाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।

सबै शैयामा अक्सिजनको व्यवस्था गरिएको छ भने गम्भिर प्रकृतिका विरामीलाई लैजान एम्बुलेन्सको पनि व्यवस्था गरिएको भट्टराईले बताए । उक्त अस्पतालमा एक जना एमविविएस डाक्टर सहितको स्वास्थ्यकर्मीको टिम पनि चौबिसै घन्टा परिचालित हुने छ । आवश्यक प¥यो भने २५ शैया सम्म विस्तार गर्न सकिने व्यवस्था मिलाईएको भट्टराईले बताए ।

उक्त अस्पतालको आईतबार नगरपालिकाका मेयर तथा उपमेयरले अनुमगन गरेका छन् । अनुगमन पछि मेयर उदयराज गौलीले अव कोभिड संक्रमित नगरवासीलाई आफ्नै नगरपालिका भित्र नै उपचार गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री