तनहूँमा कोभिड संक्रमण घट्दो अवस्थामा

Devghat Online

शेयर गरौ

३ जेठ, दमौली

तनहूँमा कोभिड संक्रमणको दर घट्दो अवस्थामा रहेको छ । गन्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजानिक गरेको तथ्यांक अनुसार पछिल्लो तिन दिनको तूलनामा आईतबार कोभिड संक्रमण घटेको देखिएको छ । आईतबार तनहूँका १० महिला र १४ पुरुष गरि २४ जनाको कोभिड संक्रमण भएको छ । आईतबारको तथ्यांक अनुसार तिन जनाको मृत्यु भएको छ ।

शनिबार २६ महिला र ३२ पुरुष गरि ५८ जनामा कोभिड संक्रमण भएको थियो । शुक्रबार १२ महिला र १५ पुरुष गरि २७ जनामा संक्रमण भएको थियो । शनिबार एक जनाको मृत्यु भएको थियो भने शुक्रबार ३ जनाको मृत्यु भएको थियो । गत विहिबार पनि १३ महिला र १४ पुरुष गरि २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय जिल्लाका सबै स्थानीय तहमा कडा निषेधाज्ञा लगाईनु र बाहिरबाट कुनै पनि नागरिक आवत जावतमा प्रतिबन्ध लगाईएपछि कोभिड संक्रमणको दर घट्दै गएको हुन सक्ने विज्ञहरुले बताएका छन् । जेठ १५ गतेसम्म तनहूँमा निषेधाज्ञा जारि भएको हुँदा उक्त दिनसम्म पुग्दा संक्रमितको संख्या घट्दै जाने विज्ञहरुको भनाई छ । तर यसकोलागि निषेधाज्ञाको पुर्ण कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालना नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले