निषेधाज्ञा नटेर्नेलाई पाँच लाखसम्म जरिवाना

Devghat Online

शेयर गरौ

१४ जेठ, दमौली
कोरोना भाईरसको महामारी रोक्न गरिएको निषेधाज्ञा नटर्नेलाई तनहूँ प्रशासनले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । विहीबार सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तनहूँले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ र संस्थालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो ।

निषेधाज्ञाको बेला अटेरी गर्दा कोरोना संक्रमणको जोखिम बढेपछि कडाई गर्नु परेको साहयक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । राष्ट्रपतिले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ बमोजिम कारवाही हुने उनको भनाई छ ।

अध्यादेश बमोजिमका कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ जरीवाना वा दुवै सजाय हुने बरालले जानकारी दिए । उनका अनुसार कसैले अध्यादेश बमोजिम जारी भएका मापदण्डको पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाखसम्म जरीवाना अर्थात दुवै सजाय हुनेछ ।

मास्क नलगाई हिँड्नेलाई पटकै पिच्छे १ सय रुपैयाँ, विना अनुमती बिरामी बोक्ने प्रायोजन बाहेक सवारी साधन चलाएमा दुई पांग्रे सवारीको २ हजार रुपैयाँ र अन्यको ५ हजार रुपैयाँ जरिवाना लाग्ने प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।

२२ बैशाख राती १२ बजे देखी तनहूँमा निषेधाज्ञा जारी गरिएको थियो । ३१ वैशाखमा समय सकिएपछि फेरी दोस्रो चरणमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको छ । शनिबार दोस्रो चरणको लकडाउन सकिदैछ । कोरोनाको संक्रमणदरमा अपेक्षाकृत कमी नआएकाले निषेधाज्ञा अझै थपिने सक्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को