१५ असार, देवघाट
सव–डिभिजन वन कार्यलय देवघाटले देवघाट गाउँपालिका भित्र २५ हजार विरुवा वितरण गरेको छ । कार्यालयले २५ हजार बन जन्य विरुवा र ३५ सय फलफुलको विरुवा निशुल्क वितरण गरिएको सव–डिभिजन वन कार्यालय देवघाटका सहायक वन अधिकृत नवराज घिमिरेले बताए ।

कार्यालयले विभिन्न टोल विकास संस्था, तथा बाँदर प्रभावित क्षेत्रका बासिन्दालाई लिची, आप र कागतीका विरुवाहरु निशुल्क रुपमा उपलब्ध गराएको थियो ।




त्यसबाहेक विरुवा रोप्न इच्छुक सामुदायिक वन उपभोक्ता समूहरुलाई पनि बन जन्य विरुवा र फलफुलका विरुवा उपलब्ध गराईएको घिमिरे जानकारी दिए । कार्यालयले सबैभन्दा धेरै विरुवा वडा नम्बर ५ को सुन्दरबस्ती नमुना टोल विकास संस्थालाई उपलब्ध गराएको थियो । सो टोलमा ३ सय भन्दा बढि विरुवा लगेर बृक्षारोपण समेत गरिएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । \

डिभिजन वन कार्यालयबाट प्राप्त विरुवाहरु देवघाटका उपभोक्तालाई वितरण गरिएको घिमिरेले जानकारी दिए ।













