कालिका सामुदायिक वनद्वारा बृक्षारोपण

Devghat Online

शेयर गरौ


देवघाट, साउन १६

तनहूँको देवघाटमा गाउँपालिका–५ मा रहेको कालिका सामुदायिक वनले आफ्नो क्षेत्र भित्र बृक्षारोपण गरेको छ । साउन १५ को अवसरमा उक्त वन समुहले विभिन्न प्रजातिका करिब पाँच सय बिरुवा रोपण गरेको थियो ।

देउती खोलाको आसपासमा कटहर, बेल, अमला, अम्बा र पारिजात प्रजातीका लगायतका करिब पाँच सय बिरूवाहरू रोपण गरिएको कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपानेले बताए । बृक्षारोपण कार्यक्रममा अध्यक्ष न्यौपानेले वन हरियाली र वन संरक्षण गर्ने दायित्व सवै जनसमुदायको रहेको बताए । साथै उनले बन जंगल आम नागरिकको जिवन तथा सभ्यता पनि भएको बताए ।

सो बृक्षारोपण कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, कालिका सामुदायिक वनका उपाध्यक्ष गणेश थापा, सचीव तोमा दाहाल, कोषाध्यक्ष सुशील नेपाल र लियो क्लब अफ चौतारी देवघाटका अध्यक्ष आत्माराम पाण्डे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक