देवघाट, साउन १६
देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पुरानो बस्ती बोटे समुदायको बस्तीमा सरसफाई र विरुवा वितरण गरिएको छ । देवघाट गाउँपालिकाको समन्वयमा समृद्धिका लागि त्रिपक्षिय आयाम नेपालको आयोजनामा शुक्रबार बोटे बस्ती वरपर सरसफाइ र विरुवा वितरण गरिएको हो ।
सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले आफ्नो टोल समुदायको बिकास हामी आफैं बाट सुरु गर्नु पर्ने बताए । अध्यक्ष थापाले बोटविरुवा वृक्षारोपण तथा संरक्षण गर्ने दायित्व हामी सवैको रहेको पनि बताए । सो अवसरमा स्वलम्बी महिला समुहका अध्यक्ष बसन्ती बोटे लगायतका ३० घर धुरीलाई टाँकी र कागतीका ३ सय विरुवा अध्यक्ष थापाले वितरण गरेका थिए ।



सो कार्यक्रममा समृद्धिका लागि त्रिपक्षिय आयाम नेपालका सामुदायिक सहजकर्ता बिकास बोटे, देवघाट गाउँपालिकाका सामुदायिक सहजकर्ता सुजिता परियार र केशव पोख्रेल लगायते पनि मन्तव्य राखेका थिए ।












