माओवादी केन्द्रको वडा भेला सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन २४
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बन्दिपुर गाउपालिका वडा नम्बर २ को वडा भेला आईतबार सम्पन्न भएको छ ।

भेलाले तिलक बहादुर कुवरको अध्यक्षतमा २९ सदस्यिय वडा कमिटि चयन गरेको छ । कमिटिको सचिवमा दिपक बिश्वकर्मा तथा सदस्यहरुमा सुक बहादुर मग्राती, मिनाकुमारि बानियाँ, शरण बिक, शान्तिराज बैरागी, दिवस पौडेल, दिपक थापा, राजेन्द्र भट्ट, कृष्ण शाही, सुनिल कुँवर, विपिन शाही, चन्द्रबहादुर थापा, दिलिप आले, बुद्धि गुरुङ, मधु नेपाली, प्रेम बहादुर बानियाँ, मिना गुरुङ, सन्तोष कँुवर, बुद्धि बहादुर गुरुङ र पदम ब गुरुङ चयन भएका छन् ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दिवस पौडेल, कृष्ण बहादुर गुरुङ, हर्क बहादुर गुरुङ, वीर बहादुर गुरुङ, रितु भुजेल, असोक गुरुङ लगायत २० जना माओवादी केन्द्रमा प्रवेश गरेको जनाईएको छ । सो भेलामा उपस्थित जनमुक्ती सेनाका सदस्य हरुलाई सम्मान गरिएको थियो ।

तिलकबहादुर कुवँरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा माओवादी केन्द्र गन्डकी प्रदेश सदस्य हेमराज लामिछाने क्षितिज, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा बन्दिपुर पार्टी सचिब जीवन कायस्थ, पुराना कम्युनिस्ट नेता खुमबहादुर कुवर, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य एबम वडा नम्बर २ का ईन्चार्ज सुदिन पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमको सन्चालन रामशरण कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय