मे, १८/ माल्टा
२५६६ औं बुद्ध जयन्तीको अवसर पारेर युरोपको माल्टामा तमु समाज माल्टा गठन गरिएको छ । जसको अध्यक्षमा मधु तमु सर्वसम्मत चयन भएका छन् ।
माल्टाको जिरामा मे १६ तारीखको दिन सम्पन्न कार्यक्रमबाट उपाध्यक्षमा यस बि तमु, प्र्रथम उपाध्यक्षमा पम बहादुर तमु (प्रबिन), दोस्रो उपाध्यक्ष पुकार तमु ,महिला उपाध्यक्षमा कन्चन तमुस्यो, महासचिव मन तमु, .सचिवमा दीर्घ सिह तमु, सह–सचिव पुजा तमुस्यो, कोषाध्यक्ष दिलु तमुस्यो, सहकोषाध्यक्ष युनिता तमुस्यो, महिला संयोजकमा सबनम तमुस्यो र सास्कृतिक कार्यक्रम तर्फ अध्यक्षमा उत्तम तमु, र सह– १.लक्ष्मी तमुस्यो २. सुशीला तमुस्यो ३. सुनिल तमुचयन गरिएको थियो । त्यसैगरी सदस्यहरुमा भिम तमु, सफल तमु, मीन राज तमु, नुना तमुस्यो, पुर्णिमा तमुस्यो, सुधा तमुस्यो, सुजन तमु , दिल तमु, जिवन तमु, रोजिना तमुस्यो, बिकास तमु, ज्योति तमुस्यो, रोहित तमु, थक ब. तमु र ऐश्वर्य तमुस्यो चयन भएका हुन् । डम्मर तमु सभापति रहेका कार्यक्रममा साइप्रसबाट आफ्नो कर्मभुमी बनाउन माल्टा आहुनु भएकी सुक माया तमुस्योलाई स्वागत गर्दै कार्यक्रमका सभापति डम्मर तमु बाट खादा लगाइ सम्मान गरिएको थियो । सुक माया तमुस्याले कार्यक्रमका नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएकी थिइन् । कार्यक्रममा वरिष्ठ सल्लाहकार आकाश तमुले माल्टाका तमुहरुको बाहुल्यता बढ्दै गर्दा संस्थानै गठन गरिएको बताए । उनले माल्टामा नेपालीहरुको पहिचानलाई समेत झल्काउन सकिने भन्दै कार्र्यसमिति सम्पुर्णलाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा सियो धागो , कुर्ची पकड जस्ता कार्यक्रमहरुले रोचकता दिएको थियो । कार्यक्रममा सियो धागो खेलमा ज्योति तमुस्यो र धिराज तमु बिजेता हुनु भएका थिए भने कुर्ची पकड खेलमा सुधा तमुस्यो बिजेता भएकी थिइन् । विजेतालाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालको उम्मेदवारी
तनहुँ । असोज २० नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालले उम्मेदवारी दिएकी छन्












