देबघाट मा बाल बिबाह अन्त्य हुनु पर्ने मा जोड

Devghat Online

शेयर गरौ

अशिक्षाले हालसम्म बालबिबाह कायमै रहेको देवघाट गाँउपालिका ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँबरले बताउनुभयो । देवघाट गाँउपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक इकाई देवघाटको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गदैं प्रमुख अतिथि पुर्ण बहादुर कुँबरले बालबिबाह लैगिंक हिंसा सामाजिक कुरिती हटाउनुपर्नेमा जोडदिनुभयो । साथैले कुँबरले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गर्नुभयो । सोही कार्यक्रमलाई सम्बोधन गदैं महिला सञ्जाल देवघाट अध्यक्ष सावित्री न्यौपानेले समाजमा रहेको विकृति र विसंगतीका बिरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

 

हाम्रो समाजमा पुरुषको तुलनामा महिला वढी समस्यामा परेको न्यौपानेले जानकारी दिनुभयो । हाम्रो देवघाट समृद्ध देवघाट भन्ने नाराका साथ आज र भोली सञ्चालन हुने तालिममा लैङिगक हिंसा,सामाजिक कुरिति तथा अन्धविश्वास रोकथामका लागि सचेतना तथा बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकमा देवघाट गाँउपालिका रोजगार शाखा संयोजक धुव्र आचार्य र महिला सञ्जाल देवघाट अध्यक्ष सावित्री न्यौपाने रहनुभएको छ । देवघाट गाँउपालिका सुचना अधिकारी गोविन्द प्रसाद पौडेलले स्वागत मन्त्वय राख्नुभएको कार्यक्रमको सभाअध्यक्ष निमित्त प्रमुख प्रशासकिय अधिृकत एवं लेखा अधिकृत उमानाथ ढकाल रहनुभएको थियो । करिब २० जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण देवघाट गाँउपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक इकाई देवघाट प्रमुख सुभद्रा भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी