चितवनको माडी क्याम्पसको स्ववियू सभापति अनेरास्ववियुका चौधरी विजयी

Devghat Online

शेयर गरौ

चितवन,  चैत्र ५  चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् ।

आज आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् ।

चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत ल्याए । चौधरी अनेरास्ववियु माडी क्याम्पस कमिटीका अध्यक्षसमेत हुन् ।

यस्तै उपाध्यक्षमा सचिव अनेरास्ववियू प्यानलका विकास ओझा र कोषाध्यक्षमा गठवन्धनबाट सन्धा लामिछाने विजयी भए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी