जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अमर्यादित हर्कत गर्ने डीनले दिए राजीनामा

Devghat Online

शेयर गरौ

चितवन, विद्यार्थीसँग जुम बैठक चलिरहँदा पदीय मर्यादा विपरित महिला कर्मचारीसँग अमर्यादित हर्कत कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकाय डीन प्रा। जयप्रकाश दत्तले राजीनामा दिएका छन् ।
उनले उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई राजीनामा पत्र बुझाएका हुन् । उपकुलपति प्रा डा रेग्मीलाई इमेल मार्फत सोमबार डीन पदबाट राजीनामा बुझाएका हुन् । उपकुलपति रेग्मीले डीन दत्तले राजीनामा दिएको पुष्टि गरे । उनले राजीनामा स्वीकृतिको लागि कुलपतिलाई पठाएको बताए ।

राजीनामामा आफू निलम्बित भइसक्दा पनि सामाजिक सञ्जालमार्फत विरोध आइरहेकोले राजीनामा दिएको उल्लेख गरेको बताउँदै उपकुलपति प्रा।डा। रेग्मीले भने, ‘उहाँले सामाजिक सञ्जालमा विरोध आइरहेकोले राजीनामा दिएको लेख्नुभएको छ ।’

उनले विश्वविद्यालयले छानबिन प्रकृया पनि सँगै अघि बढाउने गरी कार्यकारी परिषद्‌मा छलफल गरिरहेको बताए । छानबिनका लागि गठित समितिमा बस्न असहमति जनाउँदै दुई सदस्यले हिजो उपकुलपति रेग्मीलाई पत्र दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू