तनहुँ १ मा कांग्रेसका एक दर्जन आकांक्षी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत १२
वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ मा उम्मेदवार हुन नेपाली कांग्रेसमा दर्जन आकांक्षी देखिएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र
नम्बर १ क्षेत्रीय समितिले आकांक्षीको निवेदन माग गरेकामा १३ जनाले निवेदन दर्ता गराएका हुन् । शुक्रबार छ र शनिबार सात जनाले निवेदन दर्ता गराएको क्षेत्रीय सहसचिव शैलेश खातीले जानकारी दिए ।

उम्मेदवार हुनका लागि पूर्व सभापति रघुनाथ पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, आँबुखैरेनी सभापति विष्णुबहादुर पन्त, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल,
पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश मन्त्री डोवाटे विश्वकर्मा, पूर्व प्रदेश सांसद सरिता गुरुङ, पूर्व समन्वय समिति सदस्य अर्जुनबहादुर
अधिकारी र क्षेत्रीय सभापति श्याम मौरातीले निवेदन दिएका छन् ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको यो  क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चैत १५ गतेभित्र क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नामावली प्रदेश समितिसमक्ष सिफारिस गर्नेछ । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

चैत १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध