देवघाटधाममा नेपालकै अग्लो अष्टधातु सहितको शिवको मुर्ती बन्ने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत १४

प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा नेपालकै अग्लो अष्टधातु सहितको शिवको मुर्ती बन्ने भएको छ ।
देवघाटको वेणी संगमको चितवन तर्फको भुमिमा ३० फिट अग्लो अष्टधातु सहितको भगवान शिवको मुर्ती बनाउन लागिएको हो ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको अगुवाईमा निर्माण हुन लागेको सो मुर्तीको मंगलबार १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराजले शिलन्यास गर्नुभयो । विभिन्न आठवटा धातु मिलाएर बनाउन लागिएको उक्त मुर्ती नेपालकै सबैभन्दा अग्लो धातुको मुर्ती हुने प्रतिष्ठान चितवनका अध्यक्ष ढुण्डीराज सिलवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार धर्मशाला सहित अष्टधातुको सो मुर्ती बनाउन करिब ५ करोड खर्च हुनेछ ।
उक्त मुर्ती निर्माणको लागि हालसम्म प्रदेश र स्थानीय तहवाट ३५ लाख बजेट विनियोजन भइसकेको छ । मुर्ती निर्माणको लागि हालसम्म बागमती प्रदेशवाट २० लाख रुपैयाँ, भरतपुर महानगरपालिकावाट दशलाख रुपैयाँ, रत्ननगर नगरपालिकावाट ५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

उक्त मुर्ती निर्माणको लागि रकम संकलन गर्ने उद्देश्यले हालसम्म चितवन सहित विभिन्न सातठाउँमा महायज्ञको समेत आयोजना गरिएको छ । चितवनको सौराहा, टाँडी, भण्डारा, दाङ, पोखरा, जीतपुर र काठमाण्डौंमा गरी सातठाउँमा महायज्ञ आयोजना गरि सकिएको छ । महायज्ञवाट संकलित रकम मुर्ती निर्माणमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । महायज्ञ देशका प्रमुख शहरहरुमा गरिने छ ।

उक्त मुर्ती बनाउन भक्तपुरका कालिगढहरु जुटेका छन् । १ करोड ७० लाख रुपैयाँमा कालिगढले मुर्ती बनाउने जिम्मा लिएकाे प्रतिश्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता