तनहुँका १६ मतदान केन्द्र महिला अधिकृतको जिम्मामा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

तनहुँ क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनकोलागि १६ मतदान केन्द्र महिला अधिकृतको जिम्मामा परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाच हुने तनहुँ क्षेत्र नम्बर १ को १५२ मतदान केन्द्र मध्ये १६ मतदान केन्द्रको मतदान अधिकृतको रुपमा महिला कर्मचारीलाई खटाएको छ ।

विभिन्न कार्यालयमा कार्यरत अधिकृत तथा नासु तहका कर्मचारीलाई मतदान अधिकृतको रुपमा खटाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १५२ मतदान केन्द्र मध्ये १६ वटा केन्द्रको अधिकृत महिला रहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । सम्पुर्ण मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई गत बैशाख ५ र ६ गते तालिम दिईसकिएको र ७ गते उनीहरुले सम्पुर्ण निर्वाचन सामाग्री बुझेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदान स्थल तथा १५२ मतदान केन्द्र तोकिएको छ । उक्त क्षेत्रमा कुल मतदाताको संख्या १२३३०५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक