उपनिर्वाचन हुने तिन वटै क्षेत्रमा एमालेको जित हुने सचिव भट्टराईको दावी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले उपनिर्वाचन हुने तिन वटै क्षेत्रमा नेकपा एमालेको जित हुने दावी गरेका छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाले बिहिबार दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले नेकपा एमालेको पक्षमा पछिल्लो समय जनमत बढेकोले उपनिर्वाचन हुने तिन वटै क्षेत्रमा जित निकाल्ने दाबी गरेका हुन् ।

भट्टराईले निर्वाचनको समयमा गरिने गठबन्धन संस्कृतीको अन्त्य गर्न आवश्यक रहेको बताए । यो निर्वाचनमा एमालेले कसैसँग पनि गठबन्धन नगरिकन उम्मेदबारी दिएको भन्दै भट्टराईले अन्य दलहरुले पनि यस्तै हिम्मत गर्न सक्नु पर्ने बताए ।

निर्वाचन पछि सरकार बनाउने बेलामा गठबन्धन गर्नु स्वभाविक भएपनि चुनाव अघि नै गठबन्धन गर्नु लोकतन्त्रमाथि नै आघात पुग्ने र मतदाताको छनौट गर्न पाउने अधिकार हनन हुने भट्टराईले बताए । गठबन्धन गरेर चुनावमा गएकै कारण संसदको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस आज ३२ सिट भएको माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग एकथान मन्त्री माग्नु पर्ने अवस्थामा पुगेको भट्टराईको टिप्पणी थियो ।

नेकपा एमाले पार्टी इतिहास बनाएर भविष्य कोर्ने पार्टी भएको बताउँदै शान्तिपूर्ण र भयरहित वातावरणमा नागरिकले निर्वाध रुपमा मतदान गर्न पाउनुपर्छ भन्ने पार्टीको धारणा रहेको उनले बताए ।

राष्ट्रिय सामाथ्र्य भएको सशक्त राजनीतिक दलको उपस्थितिमा नेकपा एमाले प्रतिपक्षमा रहेकोले यस उपनिर्वाचनमा एमालेलाई जिताउनुपर्नेमा उनल जोड दिए ।  नेपालमाथि भैरहेको ठुला राष्ट्रको दबाबलाई थेक्न र सन्तुलनमा राख्न सक्ने क्षमता नेकपा एमालेसँग मात्र भएकाले एमालेलाई जिताउन आवश्यक देखिएको भट्टराईको भनाई थियो । प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सो पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण