चुनावी अभियान अन्तिम चरणमा, चुनाव जित्ने खनाल, भट्टराई र वाग्लेको दावी

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

आगामी बैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको प्रचार प्रसार अभियान अन्तिम चरणमा पुगेको छ । विहिबार राती १२ बजेदेखी मौन अवधि सुरु हुने भएको छ । मौन अवधि सुरु हुने अन्तिम दिन विहिबार दिनभर उम्मेदबारहरुलाई भ्याई नभ्याई भएको थियो । यस अघि जान छुटेको र धेरै मतदाता भएको स्थानमा उम्मेदबारलाई पुग्न भ्याई नभ्याई थियो । ७ नबज्दै मतदातालाई भेटन लागेका उम्मेदबारहरु राती १० बजेसम्म पनि उत्तिकै व्यस्त थिए । उम्मेदबार बाहेक पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु पनि आ आफ्नो ठाउँमा घर दैलो, कोण सभा र चुनावी प्रचार अभियानमा व्यस्त देखिन्थे ।

निर्वाचन आयोगले मतदान हुनु भन्दा ७२ घन्टा अघिको अवधिलाई मौन अवधि मानेर त्यससमयमा प्रचार प्रसारका कुनै पनि काम गर्न रोक लगाएको छ । उक्त मौन अवधि विहिबार राती १२ बजेपछि सुरु हुनेछ । त्यसैकारण पनि विहिबार दिनभर उम्मेदबारहरुलाई भ्याई नभ्याई भएको हो । सकेसम्म कुनै पनि वडा नछुटाउने गरि उम्मेदबारहरु घर दैलोमा निस्किएका थिए । चुनावी अभियान अन्तिम चरणमा आईपुग्दा दलहरु शहरी क्षेत्रमा केन्द्रित हुन थालेका छन् । सबै राजनीतिक दल तथा उम्मेदबारहरु बढि मतदाता रहेको शहरी क्षेत्रमा केन्द्रित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा ९ जना उम्मेदबारहरु चुनावी मैदानमा छन् । तर मतदाताको नजरमा भने तिन मुख्य राजनीतिक दलका उम्मेदबारहरु परेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार बनेका नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सवेन्द्र खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा. स्वर्णिम वाग्लेको विचमा नै मुख्य प्रतिश्पर्धा हुने देखिएको छ । यि उम्मेदबारहरुले आफुले चुनाव जित्ने निश्चित रहेको दावी गरेका छन् ।

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले आफु ३ दशकसम्म नेपाल प्रहरीमा सेवा गरेको र त्यस समय विभिन्न अपराधिक क्रियाकलाप अन्त्य गरेको, भ्रष्टाचार, अनियमितता, विकृती र बिसंगतीको अन्त्य गरेको हुँदा अव राजनीतिमा हुने बिकृती र बिसंगतीको अन्त्य गर्ने चाहानाले चुनावमा होमिएको भन्दै आफुलाई सहयोग गर्न अनुरोध गरेका छन् । खनालले आफु गफमा भन्दा काममा विश्वास गर्ने हुँदा तनहुँले गर्व गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरि नेपाली काँग्रेसका भट्टराईले आफ्नो राजनीतिक जिवनमा हालसम्म कुनै अवसर नपाएको भन्दै एक पटक आफुलाई सहयोग गर्न अनुरोध गरेका छन् । उनले यस अघि जिल्लाका विभिन्न खानेपानी योजना निर्माणमा ठुलो रकम ल्याएको भन्दै अव सांसद भएर गएपछि यस क्षेत्रको समग्र विकासमा ठुलो योगदान गर्ने भन्दै मतदाता समक्ष मत मागेका छन् । भट्टराईलाई सघाउन सरकारी श्रोत र साधनको व्यापक दुरुपयोग गरि प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सिङ्गो राज्य संयन्त्र नै परिचालित भएको छ ।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेले आफुलाई देश विदेशको अर्थतन्त्रको ठुलो ज्ञान भएको हुँदा तनहुँ जिल्लाको मात्र नभई सिङ्गो देशलाई नै विकासको बाटोमा हिडाउने योजनाका साथ चुनावी मैदानमा आएको बताए । उनले तनहुँका सबै समस्याहरुमा आफु परिचित भएको हुँदा ति समस्या समाधान गर्ने खाका पनि आफुसँग रहेको भन्दै एक पटक पार्टी परिवर्तन गर्न नसकेपनि मत परिवर्तन गरि आफुलाई जिताउन अनुरोध गरेका छन् ।

अन्य राजनीतिक दलहरु राप्रपा, जनमुक्ती पार्टी, नेशनल मंगोल अर्गनाईजेशन, नागरिक उन्मुक्ती नेकपा समाजबादीले पनि प्रचार प्रसार कार्यलाई तिब्रता दिएका छन् । ति दल तथा उम्मेदबारहरु शहर केन्द्रित भन्दा पनि गाउँ केन्द्रित भएको हुँदा उनीहरुको प्रचार सामाजिक सन्जाल तथा सन्चारमाध्यममा देख्न सकिएको छैन ।

यता उम्मेदबारहरुलाई जस्तै चटारो मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयलाई पनि परेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सामाग्री जिम्मा लगाएर कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदान केन्द्रको लागि बिदाई गरिसकेको छ । टाढा मतदान केन्द्र हुनेहरुलाई बिहिबार बिदाई गरिएको छ भने नजिकका केन्द्रलाई शुक्रबार निर्वाचन सामाग्री उपलब्ध गराईने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

देवघाट, मंसिर २५ देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले

जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

दमौली, मंसिर २३ जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने