छाब्दी बाराहीलाई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने खनालको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले छाब्दी बाराही मन्दिरलाई नेपालकै प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गर्नु पर्ने र त्यसकोलागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । विहिबार व्यास नपा १२, १३ र १४ को संगममा रहेको छाब्दीका मतदाताहरुलाई भेट्ने क्रममा खनालले सो प्रतिबद्धता जनाएका हुन् ।

खनालले धार्मिक आस्थालाई जनताको खुसीसँग र धार्मिक स्थलहरुलाई मुलुकको समृद्धीसँग जोड्न सकिने भन्दै तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए । नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई सहितका नेता तथा कार्यकर्ताहरुसँग छाब्दी गएका खनालले छाब्दी बाराही क्षेत्रको बृहत्तर विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

छाब्दी बाराही मन्दिरको जिर्णाेद्वार तथा मन्दिरलाई कलात्मक रुपमा निर्माण गर्ने विषया आफुले पहल गर्ने खनालले प्रतिबद्धता जनाए । आफु गफमा भन्दा काममा बढि विश्वास गर्ने भएको हुँदा बोलेको कुरालाई जुनसुकै अवस्थामा पनि पुरा गरेरै छाड्ने बताए ।

राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि