देवघाट अनलाइन
दमौली, बैशाख ७
राष्ट्रिय मानवअधिकार आयोगले तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको पर्यवेक्षण गरेका छ । आयोगका आयुक्त मिर ठाकुरको नेतृत्वमा आएको आयोगको टोलीले जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलहरु, उम्मेदबार तथा जिल्लाका सन्चारकर्मी र मानवअधिकारकर्मीहरुसँग भेट गरि निर्वाचनको तयारीको अवस्थामा छलफल तथा अनुगमन गरेको छ ।
निर्वाचनको क्रममा हुन सक्ने मानवअधिकारको उल्लंघन, निर्वाचन आचार संहिताको उल्लंघन लगायतको विषयमा आयोगको टोलीले अनुगमन र पर्यवेक्षण गरेको छ । विहिबार दमौलीमा सन्चारकर्मीहरुसँगको छलफलमा आयोगका आयुक्त ठाकुरले निर्वाचनको क्रममा नागरिकको मानवअधिकार हनन हुनसक्ने तर्फ आयोग सचेत रहेको बताए ।
उनले निर्वाचन आचार संहिताको कार्यान्वयन गराउने सवालमा राज्यका निकायको सक्रियताको बारेमा पनि सन्चारकर्मीहरुले अनुगमन गर्नु पर्ने बताए । सो अवसरमा आयोग गन्डकी प्रदेश कार्यालयकी प्रमुख मायादेवी शर्मा, आयोगका अधिकृत टंक खनाल लगायतको सहभागिता रहेको थियो ।