प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयोः डा.स्वर्णिम वाग्ले

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ७

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्लेले देशकै प्रधानमन्त्रीले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै अरु ३ पूर्वप्रधानमन्त्री बोकेर हिँडेको बताएका छन् । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएको उनको गुनासो छ । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

डा.वाग्लेले लेखेको स्टाटस यस्तो छः

देशकै प्रधानमन्त्री निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री बोकेर मुख्यमंत्री र संघीय मंत्रीको पद बाँड्दै हिंड्नु भएको छ । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भइसकेको छ । त्रास देखाउने, धम्की दिने क्रम बढ्दो छ । निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गरोस् । यस्तै, विकृत राजनीति विरुद्ध हाम्रो लडाईं हो । तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन । आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि