रास्वपाका उम्मेदबारका वुवा चढ्ने गाडी तोडफोड

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ८

तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा.स्वर्णिम वाग्लेका वुवा जिवन वाग्लेले चढ्ने गाडी तोडफोड भएको छ ।

व्यास नगरपालिका–३ मालपोतलाईन स्थित सन्तोष होटल अगाडि पार्किङमा राखेको बा. ११ च ४२५० नम्बरको कार विहिबार अज्ञात समुहले तोडफोड गरेको उम्मेदबार वाग्लेका वुवा जिवनले बताउनु भयो ।

इँटाले हानेर कारको बायाँ भागको सिसा फुटाइएको छ । दिनभर प्रचार अभियानमा गएर आएर वाग्ले राती उक्त होटलमा बास बसेका थिए । बिहान उठेर हेर्दा गाडीको सिसा फुटाएको अवस्थामा भेटिएको वाग्लेले बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले उक्त गाडीको सिसा कसले र किन फुटाएको भन्ने बारेमा अनुसन्धान सुरु गरिएको बताए । उनले घटनास्थल वरपरका पोलहरुमा राखिएको सिसि क्यामेराको फुटेज अध्ययन गरेपनि केही खुल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका