चुनावको दिन सार्वजनिक यातायात प्रभावित हुने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ८

बैशाख १० गते हुने उपनिर्वाचनको दिन तनहुँ क्षेत्र नम्बर १ मा सार्वजानिक यातयात प्रभावित हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले उपनिर्वाचनको दिन आईतबार तनहुँ क्षेत्र नम्बर १ मा हुने मतदान कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि सो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका र ब्यास नगरपालिका (व्यास न.पा.का ५ र ६ वडा बाहेक) मा दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन वाहेक सबै प्रकारका सवारी साधन पूर्ण रुपमा बन्द रहने जनाएको छ ।

मतदानको दिन पृथ्वीराजमार्ग भएर चल्ने सवारी साधनहरुलाई सो राजमार्गको मुग्लिङ पुलदेखि दमौलीस्थित मादी नदिको पुल (मादी नदि पश्चिमपट्टीको चापाघाट) सम्मको खण्डमा निश्चित समयको अन्तरालमा सुरक्षाकर्मीको नियन्त्रणमा स्कर्टिङ÷पिकेटिङ गरी आवगमन सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

प्रजिअ रिजालले सो दिन तनहुँ जिल्ला भएर अन्यत्र जाने यात्रुहरुले अत्यावश्यक काम नपरी यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक रुटको प्रयोग गरी यात्रा गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती