सेतोपाटी अनलाइनलाई कारवाही गर्न काँग्रेसका उम्मेदबार भट्टराईद्वारा उजुरी दर्ता

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ८

मतदातादाई भ्रम पार्ने गरि जनमत सर्वेक्षण गरि सार्वजानिक गरेको भन्दै नेपाली कांग्रेसका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले सेतोपाटी अनलाइन विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् । भट्टराईले बैशाख ८ गते उक्त अनलाइन विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

सो अनलाइनले तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको भन्दै समाचार सार्ववजानिक गरेको थियो । मतदातालाई प्रभावमा पार्ने गरी रास्वपाका उम्मेदवारको पक्षमा माहोल बनाउन समाचार प्रकाशित गरेको हुँदा उक्त अनलाईनलाई कारवाही गर्न निर्वाचन आयोगमा उजुरी दिएको भट्टराईले बताए । निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा समाचार प्रकाशन गरिएको भट्टराईले आरोप लगाए ।

‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड) (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐ.को दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’ भट्टराईको उजुरीमा उल्लेख छ । सो अनलाइनले हालै ‘तनहुँ १ मा राम्रो मतान्तर सहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना’ शिर्षकमा जनमत सर्वेक्षण भन्दै समाचार प्रकाशन गरेको थियो ।

यसअघि प्रेस काउन्सिल नेपालले उपनिर्वाचनमा निश्चित दल र उम्मेदवारको पक्षपोषण गरेको भन्दै सो अनलाइनलाई बैशाख ७ गते २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । आचारसंहित उल्लंघन गर्ने मिडियालाई कारबाही गर्ने काउन्सिलको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय