देवघाट अनलाइन
दमौली, बैशाख ८
इन्सेक गन्डकी प्रदेश कार्यालयद्वारा तनहुँ क्षेत्र नम्बर १ को विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको छ । इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलको नेतृत्वको टोलीले शुक्रबार जिल्ला सुरक्षा समितिले अति संवेदनशिल भनी तोकेको व्यास नपा ८ को रिस्ती फेदी मतदान केन्द्र सहित व्यास नपा ७ को क्यामिन मावि मतदान केन्द्र र व्यास नपा ३ को महर्षी मावि मतदान केन्द्रको पर्यवेक्षण गरि मतदानको तयारी, सुरक्षाको अवस्था लगायतको विषयमा मतदान अधिकृत तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
यसैगरि टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तथा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालसँग पनि भेटगरि निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाको बारेमा छलफल गरेको छ ।
सो भेटमा प्रमुख जिल्ला अधिकारी रिजाजले निर्वाचनको सबै तयारी पुरा भएको बताए । मतदाता, उम्मेदवार तथा राजनीतिक दलका कार्यकर्ताले अनुभुत हुने गरि सुरक्षा सु्दृढ गराईएको प्रजिअ रिजालले बताए ।
म्तदानको दिन पृथ्वीराजमार्गमा प्रहरी स्कर्टङिमा निश्चित समयमा सवारी सन्चालन गरिने तर मतदान हुने तनहुँ क्षेत्र नम्बर १ को सिमाना मुग्लिङ्गदेखी दमौलीको मादीको पुलसम्म उक्त सवारी साधन कतै पनि रोकिन नपाउने गरि यातयात सन्चालन गरिने प्रजिअ रिजालले बताए । साथै सहायक राजमार्ग र भित्री सडकहरु पुर्णरुपमा बन्द गरिने छ ।
त्यस्तै परिचय पत्र लिएका सन्चारकर्मी, पर्यवेक्षणको अनुमती पाएका पर्यवेक्षक, चिकित्सक, एम्बुलेन्स, फोहोर बोक्ने, पानी बोक्ने तथा दुध, औषधी बोक्ने सवारी साधन भने सन्चालन गर्न दिईने प्रजिअ रिजालले बताए ।
पर्यवेक्षणको क्रममा इन्सेक प्रदेश संयोजक खकुरेलले निर्वाचनको निश्पक्षता र स्वच्छताको लागि भयरहित वातवरणमा निर्वाचन कार्य सम्पन्न गर्नु पर्ने बताए । सो पर्यवेक्षणमा इन्सेक पोखराकी अधिकृत सवनम शर्मा र इन्सेक जिल्ला प्रतिनििध प्रकाशचन्द्र भट्टराईको सहभागिता रहेको थियो ।