निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, र भयरहित बनाउन इन्सेकको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ९

तनहुँ क्षेत्र नम्बर १ मा आईतबार हुने उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन इन्सेकले सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ । इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ तथा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा शनिबार तनहुँका प्रमुख जिल्ला अधिकारी तथा उम्मेदबारहरुसँगको भेटमा उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउनु पर्नेमा ध्यानाकर्षण गराईएको थियो ।

निर्वाचनको विश्वसनियताको लागि पनि निर्वाचनका सम्पुर्ण कार्यहरु स्वतन्त्र, निश्पक्ष र भयरहित हुनु पर्ने इन्सेकका कार्यकारी निर्देशक गौतमले बताए । भयरहित अवस्थामा मतदान गर्न पाउनु मतदाताको मानवअधिकारको विषय भएको हुँदा प्रशासन, राजनीतिक दल तथा उम्मेदबारहरुले यसबारेमा गम्भिर बन्नु पर्ने इन्सेकका कार्यकारी निर्देशक गौतमले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन मतदाताको पनि महत्वपुर्ण भुमिका हुने गौतमले बताए ।

इन्सेकसँगको भेटमा तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्वतन्त्र र भयरहित निर्वाचन नागरिकको मानवअधिकारको विषय भएको हुँदा स्थानीय प्रशासन त्यसप्रति गम्भिर भएको बताए । उनले निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको बताए । मतदानको लागि ७५० कर्मचारी र २६ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । बढि संवेदनशिल देखिएका मतदान स्थललाई विशेष निगरानी गरिने पनि प्रजिअ रिजालले बताए । मतदानको दिन तनहुँ क्षेत्र नम्बर १ को सम्पुर्ण राजमार्ग, सहायक राजमार्ग र ग्रामिण सडकमा यातयातका साधन पुर्णरुपमा बन्द गराईने प्रजिल रिजालले बताए ।

इन्सेकको टोलीले तनह्ुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराई, नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा.स्वर्णिम वाग्लेसँग पनि भेट गरि निर्वाचनको गतिविधिको अवस्थाको बारेमा छलफल गरेको थियो ।

इन्सेकले व्यास नगरपालिका–२ को सत्यवती मावि मतदान केन्द्र, बन्दिपुर–२ को भानु मावि मतदान केन्द्र तथा बन्दिपुर–१ को पवित्रा मावि मतदान केन्द्रको पनि पर्यवेक्षण गरेको थियो । सो क्रममा मतदानको तयारी, महिला, जेष्ठ नागरिक, अपाङ्गता र अशक्त मतदाता तथा यौनिक र अल्पसंख्यक मतदातालाई मतदान गर्ने अवस्थाको बारेमा पनि सम्बन्धित मतदान अधिकृतहरुसँग जानकारी लिईएको थियो ।

सो क्रममा मतदान अधिकृतले अपाङ्गता, जेष्ठ नागरिक तथा यौनिक तथा अल्पसंख्यक मतदातालाई प्राथमिकता दिएर मतदान गराउने व्ययस्था मिलाईएको बताएका थिए । साथै सो क्रममा मौन अवधिको क्रममा भएका निर्वाचन आचार संहिता विपरितका घटनाहरुको पनि जानकारी लिईएको थियो ।

सो पर्यवेक्षण तथा अनुगमनमा इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ तथा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम सहित इन्सेक गन्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल, प्रदेश कार्यालयकी अधिकृत सवनम शर्मा, इन्सेकका पर्यवेक्षकद्वय अनिता खनाल र सौगात गौतम र इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको सहभागिता रहेको थियो ।

यसैगरि राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकको टोलीले पनि निर्वाचनको तयारीको अवस्थाको बारेमा सरोकारवालाहरुसँग भेट गरि जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न