निर्वाचन आयोगको निर्देशनः स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठ्ने ठाउँ नहोस्

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख ९

उपनिर्वाचनको तयारी पूरा, बिहान ७ बजेदेखि मतदान

निर्वाचन आयोगले भोलि हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ। शनिबार सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले एक विज्ञप्ति जारी गरेर चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएका हुन्।

आयोगले बिहान ७ बजेदेखि ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भएर ढुक्कसँग मतदान गर्न मतदातालाई अपिल समेत गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ।’

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइ सकिएको उल्लेख छ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले सबै सुरक्षा व्यवस्थालाई कडा बनाइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिई सकिएको छ।’

कुनै अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित रहेको आयोगले प्रष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को