उपनिर्वाचनको दिन तनहुँ–१ मा यातयात बन्द हुने

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
दमौली, बैशाख ९

उपनिर्वाचनको काराण तनहुँ क्षेत्र नम्बर १ मा आईतबार यातयात बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले मतदान कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि सो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु नगरपालिका र ब्यास नगरपालिका (व्यास न.पा.का ५ र ६ वडा बाहेक) यतयातका साधन पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

तर दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध बोक्ने सवारी साधन, शववाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन तथा निर्वाचन आयोगले अनुमती दिएको निर्वाचन पर्यवेक्षकहरु चढेको सवारी साधनलाई भने चेकजाँच गरेर सन्चालन गर्ने दिईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

प्रजिअ रिजालले सो दिन तनहुँ जिल्ला भएर अन्यत्र जाने रात्रीबसहरु बिहान ४ बजे अगाडी नै तनहुँ जिल्ला पार भईसक्नु पर्ने निर्णय समेत गरेको छ । साथै अत्यावश्यक काम नपरी यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक रुटको प्रयोग गरी यात्रा गर्न समेत प्रजिअ रिजालले अनुरोध गरेका छन् ।

यसैगरि मतदान हुने तनहुँ क्षेत्र नम्बर १ भित्र पर्ने सबै सरकारी, सार्वजानिक तथा नीजि क्षेत्रका कार्यालय, संघ संस्था र प्रतिष्ठानहरुमा आईतबार सार्वजानिक बिदा दिईएको छ । गृहमन्त्रालयले शुक्रबार साँझ सुचना प्रकाशन गरि उपनिर्वान हुने तिन वटा क्षेत्रमा आईतबारकोलागि सार्वजानिक बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को