देवघाट अनलाइन
दमौली, बैशाख १०
तनहुँ क्षेत्र नम्बर १ मा शान्तिपुर्णरुपमा मतदान कार्य भईरहेको छ । उक्त क्षेत्रका ६९ मतदान स्थलका १५२ मतदान केन्द्रमा आईतबार बिहान ७ बजे देखी मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए ।
अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपुर्णरुपमा नै मतदान जारी रहेको उनले बताए । उपनिर्वाचनको लागि ७५० कर्मचारी र तिन वटै तहका करिब २६ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
उपनिर्वाचनकोलागि तनहुँ क्षेत्र नम्बर १ मा महिला ६३,७६५ र पुरुष ५९५४० गरि कुल १,२३,३०५ जना मतदाता रहेका छन् ।
उपनिर्वाचनको इन्सेक, राष्ट्रिय मानवआधिकार आयोग, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) लगायतका संस्थाहरुले पर्यवेक्षण गरेका छन् । मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।