दमौली, बैशाख ३१
जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा गत बैशाख २५ गते बाट मनाईएको ट्राफिक सप्ताह आईतवार समापन गरिएको छ ।



आईतवार व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम सप्ताहको समीक्षा गर्दै कार्यक्रम समापन गरिएको हो ।
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अबदेश विष्ट क्षेत्री, जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख राजिव विष्ट, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगायतले मन्तव्य राखेका थिए ।