बन्दिपुरमा मकैको खोस्टाबाट हस्तकलाको सामाग्री निर्माण

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ ३ 

बन्दिपुर गाउँ पालिकाले महिलाहरुलाई मकैको खोस्टा र थाकलको पातबाट हस्तकलाको सामाग्री निर्माण गर्ने तालिम दिएको छ । ‘स्थानीय श्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने मुल नाराका साथ गरिबी निवारणकालागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १ र ४ का २०  जना महिलाको लागि ३० दिने मकैको खोस्टा र थाकलको पातबाट हस्तकलाका सामाग्री निर्माण गर्ने तालिम सम्बन्धि तालिम दिईएको थियो । उक्त तालिमको बुधबार समापन गरियो ।

तालिम समापन कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले महिलाहरुको आय आर्जनको लागि स्थानीय कच्चा पदार्थबाट हस्तकलाको सामाग्री निर्माण गर्ने तालिम दिईएको बताए । अध्यक्ष थापाले उक्त सामाग्रीको बजारीकरण र विक्रि वितरणको जिम्मा गाउँ पालिकाले लिने बताए ।

मकैको खोस्टा र थाकलको पातबाट हस्तकलाको विभिन्न सामाग्री निर्माण गर्ने यस कार्यक्रम पर्यटन लक्षित कार्यक्रम भएको भन्दै अध्यक्ष थापाले बन्दिपुर घुम्न आउने पर्यटकले यस्ता हस्तकलाको सामाग्री खरिद गर्नसक्ने बताए । उक्त कार्यक्रमले महिलाहरु स्वरोजगार बन्ने हुदा सबै वडाका महिलालाई तालिम दिइने बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल, वडा नम्बर १ का अध्यक्ष एवं गाउँ पालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो