देवघाटको नदीमा जेसिभी लगाउन गाउँपालिकाको अनुमती

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

देवघाट गाउँपालिकाले असार मसान्तसम्म नदीमा जिसेभी लगाउन ठेकेदार कम्पनीलाई अनुमती दिएको छ ।

देवघाट गाउँपालिका–५ स्थित सेती भतेरी घाटमा १९ हजार ५ सय घनमिटर गिट्टी बालुवा उत्खनन गर्न पाउने आईइई प्रतिबेदन र पवन कन्ट्रक्सनको गाउँपालिकासँग सम्झौता भएपनि हालसम्म करिब १५ हजार घन मिटर मात्रै उत्खनन गरेको हुँदा बाँकी परिमाणको बालुवा उत्खनन गर्नको लागि जेसिभि लगाउन दिने गाउँपालिकाले निणर्य गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सम्झौता अनुसारको परिमाणमा बालुवा उत्खनन गर्न नसकेपछि जेठ ३२ गते साँझ सम्मको लागि जेसिभि प्रयोग गर्न दिईएको बताए ।

पवन कन्ट्रक्सनले हालसम्म करिब १५ हजार घन मिटर गिट्टी बालुवा उत्खनन गरेको हुँदा सम्झौतामा उल्लेख भएको परिमाण बराबर उत्खनन गर्नको लागि जेसिभि प्रयोग गर्न दिने निर्णय गरिएको अध्यक्ष थापाले बताए ।

असार १ गतेबाट नदी तथा घाटहरुबाट गिट्टी बालुवा उत्खनन गर्न नपाईने कानुन भएको हुँदा जेठ ३२ गते साँझ ७ बजे सम्मको लागि मात्र उत्खनन गर्न दिईने अध्यक्ष थापाले बताए ।

उक्त अवधिसम्म उत्खनन गरिसकिएको गिट्टी बालुवा नदि किनारबाट उठाएर डम्पीङ क्षेत्रमा लगिसक्नु पर्ने हुन्छ । सम्झौता अनुसारको परिमाणमा गिट्टी बालुवा उत्खनन नहुँदा गाउँपालिकाको लाखौंको राजश्व रकम गुम्ने अवस्था आएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको