देवघाटको नदीमा जेसिभी लगाउन गाउँपालिकाको अनुमती

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

देवघाट गाउँपालिकाले असार मसान्तसम्म नदीमा जिसेभी लगाउन ठेकेदार कम्पनीलाई अनुमती दिएको छ ।

देवघाट गाउँपालिका–५ स्थित सेती भतेरी घाटमा १९ हजार ५ सय घनमिटर गिट्टी बालुवा उत्खनन गर्न पाउने आईइई प्रतिबेदन र पवन कन्ट्रक्सनको गाउँपालिकासँग सम्झौता भएपनि हालसम्म करिब १५ हजार घन मिटर मात्रै उत्खनन गरेको हुँदा बाँकी परिमाणको बालुवा उत्खनन गर्नको लागि जेसिभि लगाउन दिने गाउँपालिकाले निणर्य गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सम्झौता अनुसारको परिमाणमा बालुवा उत्खनन गर्न नसकेपछि जेठ ३२ गते साँझ सम्मको लागि जेसिभि प्रयोग गर्न दिईएको बताए ।

पवन कन्ट्रक्सनले हालसम्म करिब १५ हजार घन मिटर गिट्टी बालुवा उत्खनन गरेको हुँदा सम्झौतामा उल्लेख भएको परिमाण बराबर उत्खनन गर्नको लागि जेसिभि प्रयोग गर्न दिने निर्णय गरिएको अध्यक्ष थापाले बताए ।

असार १ गतेबाट नदी तथा घाटहरुबाट गिट्टी बालुवा उत्खनन गर्न नपाईने कानुन भएको हुँदा जेठ ३२ गते साँझ ७ बजे सम्मको लागि मात्र उत्खनन गर्न दिईने अध्यक्ष थापाले बताए ।

उक्त अवधिसम्म उत्खनन गरिसकिएको गिट्टी बालुवा नदि किनारबाट उठाएर डम्पीङ क्षेत्रमा लगिसक्नु पर्ने हुन्छ । सम्झौता अनुसारको परिमाणमा गिट्टी बालुवा उत्खनन नहुँदा गाउँपालिकाको लाखौंको राजश्व रकम गुम्ने अवस्था आएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता