देवघाटमा टेन्डर लगाएको स्थान भन्दा बाहिर कन्ट्रक्सनले उत्खनन गरेपछि विवाद

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३०

देवघाट गाउँपालिका–५ स्थित सेती भतेरी घाटमा टेन्डर लगाईएको स्थान भन्दा बहिर गएर ठेकेदार कम्पनीले उत्खनन गरेपछि विवाद भएको छ । देवघाट–५ को पवन कन्ट्रक्सनले गाउँपालिकासँग टेन्डर लिएको ठाउँ भन्दा अन्यत्रबाट गिट्टी, बालुवा उत्खनन गरेपछि मंगलबार बिहान विवाद निस्किएको छ ।

नदी तिरमा जम्मा गरेको बालुवा त्रिशुली नदीमा आएको बाढीले बगाएको भन्दै कन्ट्रक्सनले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर जेसिभि लगाएर बालुवा निकालेको थियो । यसबारेमा देवघाट गाउँपालिका र इलाका प्रहरी कार्यालयलाई जानकारी आएपछि प्रहरी र गाउँपालिकाको प्रहरी पुगेर रोक लगाएको थियो ।

इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख बरिष्ठ सई कृष्णबहादुर बानियाँले क्षेत्राधिकार भन्दा बाहिर उत्खनन गरेको सुचना अएपछि आफु त्यसबारे बुझ्न गएको बताए । उनले सो क्रममा पवन कन्ट्रक्सनले क्षेत्राधिकार भन्दा बाहिर गएर बालुवा उत्खनन गरेको भेटिएको बताए ।

गाउँलेहरुले खनेर राखेको बालुवा नदिमा बाढि आएर बगाएको हुँदा त्यसले कारण टिप नपुगेर टेन्डर भन्दा बाहिरको बालुवा खनेर ट्याक्टरमा हालेको ठेकेदारले बताएको भन्दै बानियाँले उक्त कार्यलाई तत्काल रोक लगाईएको बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पनि क्षेत्राधिकार भन्दा बाहिर बालुवा उत्खनन गरेको भेटिएको हुँदा त्यसलाई रोक लगाईएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो