सुरक्षित आप्रवासन कार्यक्रम सम्बन्धि अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

सुरक्षित वैदेशिक रोजगारकालागि आप्रवासी स्रोत केन्द्र तनहुँको आयोजनामा सुरक्षित आप्रवासन कार्यक्रम सम्बन्धि अन्तरक्रिया म्याग्दे गाँउपालिकामासम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमममा वैदेशिक रोजगारीको कारण सृजित सामाजिक तथा पारिवारिक घटनाको वारेमा जानकारी गराईएको थियो ।

सुरक्षित आप्रवासन कार्यक्रममा महिला तथा पुरुष कामदारले विदेशमा गर्न सकिने काम र त्यस कामको वारेमा चर्चा गरिएको थियो । महिला कामदारले गार्मेन्टमेसिन अपरेटर, विद्युतिय सिलाई मेसिन वाट रेडिमेड कपडा तयार गर्ने, हाउस किपिङ्ग, क्लिनर, पुरुष कामदारका लागी शटरिङ्ग, कार्पेन्टर, स्काफोल्डर, पलम्वर, ईलेक्ट्रिसियन, पाइप फिटिङ्ग, वोल्डिङ्ग लगायतका कामका वारेमा जानकारी गराईएको थियो ।

कार्यक्रमका अध्यक्ष श्रेष्ठले सुरक्षित आप्रवासन कार्यक्रम देशको वाध्यता भएको बताए । देशमा नै रोजगारीको अवसर सृजना हुन नसकेर विदेशिनु देशको सवैभन्दा ठुलो समस्या भएको श्रेष्ठले बताए । रोजगारमा जानुपुर्व सम्वन्धित कामको वारेमा जानकारी राख्ने, दक्षता हासिल गर्नुपर्ने हुदाँ काम सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने उनको भनाई थियो ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले वैदेशिक रोजगारीको समस्याका वारेमा सुरक्षित आप्रवासन कार्यक्रमले धेरै ठुलो भुमिका खेलेको बताए । समस्या आउनुपुर्व नै सम्वन्धित विषयका जानकारी र समस्या पछिका समाधानका उपायमा गरिने यस्ता कार्यक्रमले सेवाग्राहीलाई सहज हुने उपाध्यक्ष घिमिरेले बताए ।

सो कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधीहरु, स्थानिय क्लवका अध्यक्ष, वैदेशिक रोजगारीवाट फर्केकाहरुले आफनो अनुभव राखेका थिए । कार्यक्रमको सन्चालन गाउँपालिकाका सुचना अधिकृत आकाश गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण