चितवन, जेठ ३२
चितवनको भरतपुर–११ बसेनीमा निर्माण भैरहेको प्रेस चौतारी चितवनको भवनलाई एमाले युवा नेताद्वय ऋषिकेश रेग्मी र नारयण खनालले आर्थिक सहयोग गरेका छन् । प्रेस चौतारीको देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेताद्वय रेग्मी खनालले जनही नगद १५ हजार आर्थिक सहयोग गरेका हुन् ।



श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो संगठन प्रेस चौतारीको भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हौसला थप्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने नेता रेग्मीले प्रतिवद्दता ब्यक्त गरे । उनले भवन निर्माणमा सबैले आआफ्नो ठाउँबाट सकेको सानो÷ठुलो सहयोग गर्न सबैलाई अपिल गरे । चौतारीको देशकै पहिलो भवन भएकोले देशभरका चौतारीमा आवद्व पत्रकारहौले सहयोग गर्ने विश्वास लिएको उनको भनाई छ ।

पूर्वी चितवनको रत्ननगरका स्थानीय वासिन्दा खनाल साहासिक पर्यटन विज्ञ हुन् । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो संगठन प्रेस चौतारीको भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हौसला थप्न आफ्नोतर्फबाट सक्दो सानो सहयोग गरेको खनालले जानकारी दिए । चौतारी चितवनका अध्यक्ष पण्डितले भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको भन्दै सबैको साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए ।
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा प्रेस चौतारी चितवनले भवन बनाइरहेको छ । भवनको माथिल्लो डीपीसी सकेर पिलरको काम भैरहेको छ । असार दोस्रो हप्तासम्म ढलान गर्ने योजना रहेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको भन्दै सबैको साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए । अध्यक्ष पण्डितले भवन निर्माणमा आर्थिक सहयोग गर्ने एमाले युवा नेताद्वय रेग्मी र खनाललाई संगठनको तर्फबाट धन्यवाद दिँदै सबैको सहयोगको अपेक्षा गरिएको बताए ।












